FLASH NEWS
  • Loading...

सुन तस्करीमा मेरो कुनै संलग्नता छैन, सम्बन्धित विषयहरु सत्य होइनन् : मल्होत्रा

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • ११० पटक पढिएको
सुन तस्करीमा मेरो कुनै संलग्नता छैन, सम्बन्धित विषयहरु सत्य होइनन् : मल्होत्रा

काठमाडौं- व्यापारी दिपककुमार मल्होत्राले बुधवार समातिएको झण्डै एक क्विन्टल तस्करीको सुनबारे आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मल्होत्राले बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचारहरु भ्रामक असत्य भएको प्रष्टीकरण दिएका हुन् ।

‘समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा मल्होत्राले भनेका छन् ।

उनले आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानुन बमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको पनि बताएका छन् । ‘म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोवार गर्ने गरेको छैन’, मल्होत्राको भनाइ छ ।

‘मेरो सुन भएको भए म डाँडा काटिसकेको हुन्थेँ । मेरो व्यापार छुट्टै छ । त्यसबारे मलाई केही थाहा छैन,’ उनले भने, ‘समाचारमा आशंका भन्ने शब्द प्रयोग गरिएको छ । आशंकाको भरमा लेखिएको समाचार गलत छ । सय प्रतिशत, हजार प्रतिशत, लाख प्रतिशत त्यो सुन मेरो होइन । यदि पुष्टि हुन्छ भने म जे पनि सजाय भोग्न तयार छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित