FLASH NEWS
  • Loading...

सत्यतथ्य अनुसन्धानका लागि म अख्तियारलाई सघाउन तयार छुः सुनिता यादव

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १४३ पटक पढिएको
सत्यतथ्य अनुसन्धानका लागि म अख्तियारलाई सघाउन तयार छुः सुनिता यादव

काठमाडौं- मधेस प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले सत्यतथ्य अनुसन्धानका लागि आफू अख्तियारलाई सघाउन तयार रहेको बताएकी छिन् ।

आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री यादवले सो कुरा बताएकी हुन् । उनले उजुरी हाल्दैमा सबै दोषी ठहर नहुने पनि प्रस्ट पारेकी छन् ।

गत आर्थिक वर्षको रेडबुक मार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रममा करिब ४२ करोड बराबरको योजना संशोधन गरी मन्त्री यादवले विभिन्न शीर्षकमा २ सय ६३ वटा नयाँ योजनामा नियम विपरीत रकमान्तर गरेको आरोपसहित अख्तियारमा उजुरी परेको थियो ।

मन्त्री यादव र अधिकृत लालबाबु यादवले मधेस प्रदेशका जिल्लाहरूका लागि सार्वजनिक भएको रेडबुकमा भएको योजनाहरूको रकम नियम विपरीत रकमान्तर गरी अनियमितता गरेको आशंकामा त्यस बारेमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन अख्तियारले मन्त्रालयलाई साउन १४ मा पत्र पठाएको छ ।

मन्त्री यादवले लेखेकी छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा कसैले कसैमाथि पनि विरोध गर्न पाउनु, उजुरीरआरोप लगाउन पाउनु नितान्त सामान्य कुरा हो । यही त लोकतन्त्रको विशेषता पनि हो । उजुरी हाल्दैमा सबै दोषी ठहर हुने पनि हैनन्, प्रमाणित हुनुपर्दछ ।’

उनले आफूलाई समेत जोडेर मधेस प्रदेशका जिल्लाहरुका लागि सार्वजनिक भएको रेडबुकमा भएको योजनाहरूको रकम नियमविपरीत रकमान्तर गरी अनियमितता गरेको व्यहोरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीमा दर्ता गराइएको उजुरीमा कुनै सत्यता नरहेको दाबीसमेत गरेकी छन् । आफूविरुद्धको उजुरी आमजनतालाई भ्रमित पारी आफ्नो चरित्र हत्या गर्ने सुनियोजित योजना मात्र रहेको उनको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित