FLASH NEWS
  • Loading...

कांग्रेसले जनतालाई गुमेको अधिकार फिर्ता ल्यार दिलाएको छः प्रकाशमान सिंह

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • ९० पटक पढिएको
कांग्रेसले जनतालाई गुमेको अधिकार फिर्ता ल्यार दिलाएको छः प्रकाशमान सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले जनतालाई गुमेको अधिकार फिर्ता ल्यार दिलाएको बताएका छन् । नेता सिंहले कांग्रेस काठमाडौं– १ मा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

 

‘कांग्रेसले जनतालाई गुमेको अधिकार फिर्ता ल्यार दिलाएको छ । परिवर्तनको नेतृत्व गरेको छ । विकासको नेतृत्व गरेको छ तर आफूले गरेकाका काम जनतालाई अनुभूत हुने गरी बुझाउन सकेको छैन ।’

अहिलेको प्रतिस्पर्धी अवस्था अनुरुप पार्टी संगठन बनाउनुपर्ने सिंहले बताए । ‘पहिले जस्तो अवस्था अब रहेन । समय परिस्थिति अनुसार चल्न नसके कांग्रेसलाई पनि ग्राहो पपर्छ । पुरानो पार्टी ठूलो पार्टी ईतिहासको कुरा गरेर मात्रै बन्दैन,’ उनी भन्छन् ।

नेता सिहले कांग्रेसका गतिविधि खर्चिलो हुनथाले को भन्दै यसमा पनि सुधार ल्याउनुपर्ने बताए । पार्टीभित्र मतभेद हुनु स्वभाविक भए पनि एक अर्कोलाई दोष लगाएर कोही बलियो हुन नसक्ने उनको भनाइ छ ।

‘कांग्रेस कमजोर हुँदा कोही व्यक्ति बलियो हुन सक्दैन । सस्तो प्रचार बाजीमा लागेर पार्टी नेताहरुविरुद्ध सार्वजनिक टिप्पणीले कसैलाइ हित हुँदैन,’ उनले भने, ‘बिमतिहरु हुनसक्छ चित्त नबुझन सक्छ ती कुरा पार्टी भित्र औंपचारिक या अनौपचारिक छलफलमा उठाउन सकिन्छ ।’

चित नबुझेको बोल्नु पाइएपनि सार्वजनिक रुपमा वादविवाद गरिँदा पार्टीलाई अहित हुने भन्दै उनले त्यसमा ख्याल राख्न समेत आग्रह गरे । पार्टी निर्णयका पकक्षमा उभिएर जिम्मेवारी बोध गरेर अघि बढ्नु पर्नेमा नेताख सिंहको जोड थियो ।

कार्यक्रममा कांग्रेस सह–महामन्त्री भिष्मराज आङ्दाम्वेले कांग्रेस केन्द्रीय समितिले गरेका निर्णयहरु सबैले पालना गरेर अघि बढ्न सके पार्टी बलियो हुने बताए । एक अर्कोका कुरा काट्नुभन्दा पार्टी काम र जनताको, सेवामा लाग्न समेत जोड दिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित