FLASH NEWS
  • Loading...

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै छःपाकिस्तान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


पाकिस्तान-पाकिस्तानको विदेश मन्त्रालयले सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको जानकारी गराएको छ ।
यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने पाकिस्तानको विदेश मामिला अध्ययन गर्ने कार्यालयका प्रवक्ता नफिज जकारियाले दावी गरेका छन् ।
भारतीय प्रतिरक्षा प्रणाली विस्तारबारे चासो व्यक्त गर्दै उनले भारतले छोटो दूरीमा हान्न सक्ने क्षेप्यास्त्रको एकपछि अर्को गर्दै परीक्षण गरिरहेको र यसले एसियाली मुलुकमा सुरक्षाका हिसाबले रणनीतिक सन्तुलनमा समस्या उत्पन्न हुने बताएका छन् ।
विश्व समुदायले भारतीय यी कदमप्रति ख्याल गर्दै समग्र महादेशको सुरक्षा स्थित्रि्रति संवेदनशील बनिदिन पनि उनले आग्रह गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित