FLASH NEWS
  • Loading...

नेपालको गौरव भारतको खुशी ःआइपिएल खेल्ने सन्दीप पहिलो नेपाली

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५५ पटक पढिएको
नेपालको गौरव भारतको खुशी ःआइपिएल खेल्ने सन्दीप पहिलो नेपाली

काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग आइपिएल खेल्नको लागि दिल्ली डेयर डेभिल्सले किनेको छ । उनी इतिहासमै आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।यो नेपालको लागि गौरवको विषय हो भने सन्दीपलाई आफ्नो खेलाडीको रुपमा किन्न पाउनु भारतको लागि सुखद् रहेको दिल्लीले जनाएको छ ।
बेग्लुरुमा आज आइतावार भएको अक्सन अर्थात खेलाडी किनबेचमा नेपाली क्रिकेट टोलीका वलर सन्दिप लामिछानेलाई दिल्लीले २० लाख भारुमा किनेको हो । उनको सुरुवाती मूल्य २० लाख भारु तोकिएको थियो र दिल्लीले २० लाख भारुमै किन्यो ।

सन्दीपलाई किनेको दिल्लीको डेयर डेभिल्सले सन्दीपलाई आफ्नो क्लवबाट खेलाउन पाउनु निकै खुसीको कुरा भएको बताएको छ । दिल्लीले ट्वीटमा भनेको छ ‘सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् १७ वर्षको लेग स्पिनरलाई स्वागत गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो भनेको छ ।

 

हाल डिभिजन टु को तयारीका क्रममा दुवईमा रहेका छन् ।आइपिएलमा छनौट भएपछि सन्दिपले आफुलाई निक्कै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

उनको नाम छनौट भएपछि दुवईमा रहेको नेपाली टिमले खुशीयाली र सन्दिपलाई बधाई दिएको छ । यसअघि अर्का भेट्रान स्पिनर शक्ति गौचनलाई राजस्थान रोयल्सले लिने तयारी गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित