FLASH NEWS
  • Loading...

राष्ट्रियसभा निर्वाचनमा आचारसंहिताको कडा पालना गरिने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail

विराटनगर। माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा १ नं प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको बैठकले आचारसंहिता पालना नगर्ने माथि कडा कारबाही गरिने लगायतका निर्णय गरेको छ ।

सो बैठकमा आचारसंहिता विपरीत झण्डा, बोर्ड, तुल र तोरण राख्न नपाइनुका साथै गत प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कायम रहेको राजनीतिक दलका ‘फोकल पर्सन’लाई राष्ट्रियसभाको निर्वाचनमा कायम राख्ने निर्णय गरिएको छ ।
यदि फेर्नुपर्ने भएमा सो दललाई भोलि मंगलबारसम्म आधिकारिक रुपमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।

Image result for image of federal state no 1 nepal

यसका साथै, एकल संक्रमणीय निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रणालीको सम्बन्धमा मतदातालाई एकत्रित गरी पुनः प्रशिक्षण दिने निर्णय गरिएको छ ।

एकल संक्रमणीय प्रणाली र बहुमतीय प्रणालीबाट एकै पटक मतदान गर्नुपर्ने भएकाले मतदाताले एकल संक्रमणीय प्रणालीतर्फ १÷२÷३ लेखेर प्राथमिकता जनाएर मतदान गर्ने र आरक्षित कोटाअन्तर्गत दलित तथा अल्पसंख्यक अपांग कोटामा ठीक चिह्न लगाउनुपर्ने निर्णय गरिएको छ ।

१ नं प्रदेशको १४ वटै जिल्लाबाट आउने मतदाता विराटनगरको वीरेन्द्र सभागृहस्थित मतदान केन्द्रमा मतदान गर्दा स्थानीय तहको प्रमुख, उपप्रमुख एउटा मतदान केन्द्रमा र प्रदेशसभा सदस्यले अर्को मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका साथै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) राजपालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको खवर राससले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित