FLASH NEWS
- Loading...
सरकारले अब जनताले महशुस गर्ने गरी काम गर्छ : अध्यक्ष दाहाल
- गोल्डेन खबर
- ६ साल अघि
- १२४ पटक पढिएको

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई उल्टयाउने काम भइरहेको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिएका छन् ।
उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दाबी पनि गरे का छन । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आइतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने बताए ।
सरकारको कामलाई लिएर पार्टी भित्रैबाट आलोचना भइरहेका बेला उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने समेत बताए । दाहालले मुलुकको सामाजिक न्यायसहितको समृद्धिको एजेन्डामा सरकार दृढ रहेको बताए ।
प्रतिक्रिया दिनुहोस