FLASH NEWS
  • Loading...

जनताको चाहनालाई पूरा गर्न सबै एकतावद्ध हुनुपर्छ : नेता माधवकुमार नेपाल

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५० पटक पढिएको
जनताको चाहनालाई पूरा गर्न सबै एकतावद्ध हुनुपर्छ : नेता माधवकुमार नेपाल

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा जोड दिएका छन् ।

मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला वरिष्ठ नेता नेपालले त्यस्ता घटना हुन नदिन सामाजिक अभियान संचालन गर्नुपर्ने बताएका छन ।

शनिबार दसैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराएको छन ।

स्थानीय सरकारले सडक पिच, पिउने पानी र हरियाली निर्माणको कामलाई उच्च प्राथमिकता दिनुपर्ने बरिष्ठ नेता नेपालको भनाई छ ।वरिष्ठ नेता नेपालले जनताको समृद्धिको चाहनालाई पूरा गर्न सबैले एकतावद्ध भएर काम गर्नुपर्ने पनि स्पष्ट पारे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित