FLASH NEWS
  • Loading...

करका विषयमा अन्योलता भयो : अर्थमन्त्री

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५८ पटक पढिएको
करका विषयमा अन्योलता भयो :  अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संघीयताको पहिलो वर्ष भएकाले कर र अधिकारका विषयमा अन्योलता भएको बताएका छन्। उनले विस्तारै अन्योलताका विषयहरू स्पष्ट हुँदै जानेसमेत बताए। संसदको सार्वजनिक सरोकारको समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। आज भएको संसदीय समितिको बैठकमा उनले स्थानीय तथा प्रदेशतहमा संरचना नबनाई जिम्मेवारी पठाउँदा योजनाहरू अलपत्र हुने समेत बताए। उनले स्रोत बाँडेपछि आयोजना पनि बाँड्दै जानुपर्ने बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित