FLASH NEWS
  • Loading...

सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको विशेष सुविधा कटौती : मन्त्री पण्डित

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५६ पटक पढिएको
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको विशेष सुविधा कटौती :  मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गर्ने बताएका छन् ।  मन्त्री  पण्डितले सरकारले खटाएको ठाउँमा कर्मचारी जानै पर्ने र  नजाने कर्मचारीको सुबिधा कटौती गर्ने बताए । सरकारको निर्देशन नमान्ने कर्मचारीले घर जाँदा राम्रो हुने उनले  बताए । प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको  समेत उनले दावी  गरे ।

उनले कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र कर्मचारी समायोजनसम्बन्धी ऐन मन्त्रिपरिषद बैठकमा पेस गरिएको पनि स्मरण गरे। संघ, प्रदेश र स्थानीय तहबीचमा देखिएको समस्याबारे छलफल गर्न आज आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले कर्मचारीलाई कर्मक्षेत्रमा पनि निष्पक्ष रुपमा खटाउने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री पण्डितले आवश्यक्ताका आधारमा मात्रै स्थानीय र प्रदेश तहमा कर्मचारीको व्यवस्थापन गर्ने योजना पनि अघि सारे। कतिपय प्रदेश तहका कर्मचारी घाम तापेर बस्ने गरेको उल्लेख गर्दै उनीहरुलाई पनि काममा लगाउने गरी सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्ने पनि बताए । मन्त्री पण्डितले कार्य क्षेत्रमा जान नचाहने कर्मचारीमाथि कडा कारबाही गर्न सरकार बाध्य हुने चेतावनी दिए । सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको  विशेष सुविधा कटौती गर्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित