FLASH NEWS
  • Loading...

सरकार र प्रदेशमा असमझदारी छ : परराष्ट्रमन्त्री ज्ञवाली

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५३ पटक पढिएको
सरकार र प्रदेशमा असमझदारी छ :  परराष्ट्रमन्त्री ज्ञवाली

सुर्खेत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संघीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषदको वैठकले हल गर्ने बताएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विषयगत मन्त्री र सचिवहरुसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संघीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकोले संघीयताको अभ्यासमा केही समस्याहरु देखिएको बताए ।मन्त्री ज्ञवालीले निर्वाचन अघिनै संरचना र कर्मचारीको व्यवस्थापन गर्न नसक्दा पनि प्रदेश सरकारको कार्यसम्पादनमा प्रभावकारिता नदेखिएको बताए । मन्त्री ज्ञवालीले सरकारले भर्खरै जारी गरेको कर्मचारी समायोजन अध्यादेशले कर्मचारी व्यवस्थापनको समस्या हल गर्ने विश्वास व्यक्त  गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित