FLASH NEWS
  • Loading...

निगमका महाप्रबन्धक कंसाकारको राजीनामा माग

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५१ पटक पढिएको
निगमका महाप्रबन्धक कंसाकारको राजीनामा माग

|

 काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा सत्तारुढ दलका सांसदले माग गरेका छन् । नैतिकताका आधारमा निगमका महाप्रबन्धक कंसाकारले  राजीनामा दिनुपर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विशाल भट्टराईले  माग गरेका हुन् । वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भन्दै उनले आज प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा कंसाकारले राजीनामा नदिए बर्खास्त गर्न मन्त्री अधिकारी समक्ष आग्रह गरेका हुन्।

सांसद भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा ठूलो घोटाला भएको भन्दै निगमका महाप्रबन्धक कंशाकारलाई बर्खास्त गनूपर्ने आवाज उठाउँदै आएका थिए ।भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गर्नुपर्ने पनि माग पनि गरेका छन् । सांसद प्रेम आलेले प्रत्यक्ष किन्ने प्रावधान हुँदा हुँदै विचोलिया मार्फत किन्नु निन्दनीय भएको बताए ।  सांसद आलेले वाइडबडी विमान खरिद प्रकरण ‘लाउडा काण्ड’ भन्दा कम नभएको टिप्पणी गरे ।

२०५७ सालमा नेपाल वायु सेवा निगमसँग आफ्नै दुई वटा जहाज थियो ।त्यतिबेला चाइना साउथवेस्टसँग सम्झौता भइसकेकाले तत्काल आवश्यक नभएको अवस्थामा पनि विमान भाडामा लिन अष्ट्रियाको लाउडा एयरसँग सम्झौता गरिएको थियो ।अनियमितता र विवादका कारण संसदको शीतकालीन अधिवेशन नै पुरै अवरुद्ध गरेको यो प्रकरणले वायु सेवा निगमले २ अर्ब भन्दा बढी नोक्सानी व्यहोरेको थियो । बैठकमा सांसद आलेले निगमका महाप्रबन्धक कंसाकारले नै अघिल्लो बैठकमा गल्ती स्वीकारेले कारवाही गर्न माग गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित