FLASH NEWS
  • Loading...

बहुसङ्ख्यक हिन्दू माथिको प्रहार : कमल थापा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ६३ पटक पढिएको
बहुसङ्ख्यक हिन्दू  माथिको प्रहार : कमल थापा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार धर्म प्रचारक संस्थाको कार्यक्रममा  तामझामपूर्ण सहभागिता हुनु बहुसङ्ख्यक हिन्दू  माथिको प्रहार भएको आरोप लागएका छन्। एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता प्रति थापाले आपत्ति जनाएका हुन् ।

मिडिया नेपालद्वारा आज जनकपुरमा  आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उनले बताए।

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित