FLASH NEWS
  • Loading...

परिषदबाट पारित गराएर मात्र बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको आग्रह

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५५ पटक पढिएको
परिषदबाट पारित गराएर मात्र बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहलाई परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्ने विधि र प्रक्रियाको पालना गर्न निर्देशन दिएका छन् । २८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरेको बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रियाअनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वयन गर्न आग्रह गरेका हुन् । अर्थमन्त्री खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिए। आज काठमाडौंमा आयोजित अन्तरसरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय परिषदबाट पारित नगराई बजेट कार्यान्वयनमा लगिए महालेखा परीक्षकको कार्यालयले अप्ठयारोमा पार्नेतर्फ पनि सबै स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराए। त्यस अवसरमा अर्थमन्त्री खतिवडाले विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित