FLASH NEWS
  • Loading...

सुशासन र विकासको पक्षमा कलम चलाउनुपर्छ : अर्थमन्त्री

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५३ पटक पढिएको
सुशासन र विकासको पक्षमा कलम चलाउनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग हुने बताए ।अर्थमन्त्री डा. खतिवडाले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभएर आलोचनात्मक टिप्पणी गरेर सहयोग गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री डा. खतिवडाले प्रेस जवाफदेही भएमात्र राजनीतिक प्रणाली सुदृढ हुने बताउँदै नेपाली सञ्चारमाध्यमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको धारणा राखे। व्यक्ति विशेषलाई लक्षित गरेर सञ्चारमाध्यम चलाउन नहुने बताउँदै उनले आर्थिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न मन्त्रालय सदैव सहयोग गर्ने विश्वास व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित