FLASH NEWS
  • Loading...

विश्वका सबै उडान सेवासँग नेपालको प्रतिस्पर्धा हुन्छ : मन्त्री अधिकारी

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४९ पटक पढिएको
विश्वका सबै उडान सेवासँग नेपालको प्रतिस्पर्धा हुन्छ :  मन्त्री अधिकारी

काठमाडौं । अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ। आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रभातफेरी सहितको एक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबैसँग हातेमालो गरेर विश्वका सबै उडान सेवाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी प्रतिवद्ध भएर काम गर्न सम्बन्धित निकायलाई सचेत गराएका थिए। उनले उडानको क्षेत्रमा उल्लेख्य प्रगति गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका कार्यरत कर्मचारीको क्षमता विकास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित