FLASH NEWS
  • Loading...

हुवावेका मेङ वाङझाओ पक्राउबारे सोधपुछ

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५० पटक पढिएको
हुवावेका मेङ वाङझाओ पक्राउबारे सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको चिनियाँ अधिकारीले बताएका छन् । मेङलाई गत हप्ता एउटा विमानबाट अर्कोमा जाने क्रममा क्यानडाको भ्यानकुभर अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उहाँ हङकङबाट मेक्सिको जाने क्रममा गैरकानूनी क्रियाकलापमा सम्लग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई बढीमा तीसबर्षसम्मको जेल सजाय माग गरिएको छ । हुवावे कम्पनीका संस्थापक रेन झेङफेइकी छोरीसमेत रहेकी मेङले कम्पनीको मातहतको स्काइकम कम्पनीमार्फत इरानमा कारोबार गरेको र यो अमेरिकाले इरानमाथि लगाएको नाकाबन्धीको उल्लङ्घन भएको भन्दै पक्राउ गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित