FLASH NEWS
  • Loading...

खाशोग्गी हत्याका आरोपी उपलब्ध गराउन टर्कीको माग

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५२ पटक पढिएको
खाशोग्गी हत्याका आरोपी उपलब्ध गराउन टर्कीको माग

काठमाडौं । साउदी अरेबियाले पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको आरोप लागेकाहरुलाई आफ्नो जिम्मामा दिन भनी टर्कीले गरेको माग साउदी अस्वीकार गरेको छ । साउदी अरेबियाका विदेश मन्त्रीले कुनै पनि अवस्थामा आफ्नो देशका नागरिकलाई अर्को कुनै देशको जिम्मामा नदिइने बताएका छन्। साउदी अरेबियाका विदेश मन्त्री अदिल अल–जुबेरले भनेका छन्, ‘हाम्रा नागरिक कुनै पनि हालतमा अरुलाई सुम्पिने छैनौँ ।’एक हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले पत्रकार खाशोग्गीको हत्यामा संलग्नहरु आफ्नो देशको जिम्मामा दिन माग गरेका थिए । साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्या आरोपमा ११ जनालाई पक्राउ गरेको छ । अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित