FLASH NEWS
  • Loading...

कला र संस्कृतिको संरक्षण नभए नेपाल नै नरहन सक्छ : उपराष्ट्रपति पुन

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ७० पटक पढिएको
कला र संस्कृतिको संरक्षण नभए नेपाल नै नरहन सक्छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिन सबैलाई आग्रह गरेका छन् । उनले नेपालको मौलिक भाषा, कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे । आज काठमाडौंमा आयोजित कला र संस्कृतिसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको मुख्य पहिचानको रुपमा रहेको भाषा, कला र संस्कृतिको संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको बताए ।उपराष्ट्रपति पुनले नेपालको कला र संस्कृतिको संरक्षण नभए नेपालनै नरहने अवस्था आउनेतर्फ पनि सचेत गराए । उनले नेपालको कला र संस्कृति विश्वकै सम्पत्ति भएको उल्लेख गर्दै अन्तराष्ट्रिय समूदायलाई पनि यसको संरक्षणका सहयोग गर्न अपिल गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित