FLASH NEWS
  • Loading...

दुईतिहाईको दम्भ सरकारले देखाउन हुँदैन : मन्त्री यादव

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४० पटक पढिएको
दुईतिहाईको दम्भ सरकारले देखाउन हुँदैन : मन्त्री यादव

मकवानपुर । अहिलेको सरकार दुई तिहाईको भए पनि दम्भ देखाउनु नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बताएका छन् ।  हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको ३३औं  वार्षिक उत्सवको आज हेटौंडामा उद्घाटन गर्दै मन्त्री यादवले नागरिकले काम गर्नका लागि दुईतिहाई मत दिएकाले घमण्ड गर्न नहुने बताए ।

कुनै पनि उद्योग बन्द अवस्थामा पुर्‍याउने कि सञ्चालन गर्ने भन्ने कुरा मजदुरको हातमा रहेको मन्त्री यादवले बताए । उद्योगका ट्रेड युनियनका नेताहरु काम नगरिकन तलब खानुपर्छ भन्ने मानसिकता त्यागेर काम गर्न उनले निर्देशन दिएका छन् । कार्यक्रममा तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले सरकारले ल्याएको उद्योग नितिअनुसार काम गर्नुपर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित