FLASH NEWS
  • Loading...

शेयर बजारमा जोखिम बढ्यो : राप्रपा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५७ पटक पढिएको
शेयर बजारमा जोखिम बढ्यो : राप्रपा

  काठमाडौं ।  पूँजीबजार सरकारको गलत नीतिका कारण हलचल भएको र यसले शेयर बजारमा सर्वसाधारणको ठूलो लगानी जोखिममा पर्न सक्ने खतरा देखिएको भन्दै राप्रपाले  ध्यानाकर्षण गराएको छ ।आफ्नो लगानी सुरक्षित राख्न शेयर लगानीकर्ताहरु संगठित भै दबाब दिनुपर्ने र अनसन समेत बस्नुपर्ने अवस्थाको सिर्जना हुनु अर्थतन्त्रको शुभ सूचक नभएको राप्रपाका कोषाध्यक्ष तथा अर्थिक विभागका प्रमुख उद्धव पौडेलद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । पूँजी बजारको अवस्थालाई सामान्य पार्दै सर्वसाधारण र शेयर लगानीकर्ताको हित र अधिकारप्रति समयमै गम्भीर बन्न तथा समस्याको समाधानका लागि आवश्यक पहलकदमी लिन राप्रपाले सरकारसँग माग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित