FLASH NEWS
  • Loading...

भारतका पहिलो गाईमन्त्री चुनाव हारे

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५९ पटक पढिएको
भारतका पहिलो गाईमन्त्री चुनाव हारे

राजस्थान । भारतका एक मात्र गाईमन्त्रीले राजस्थानबाट चुनाव हारेका छन् ।  ओताराम देवासी चुनावमा स्वतन्त्र उम्मेदवारसँग १० हजार मतले हारेका हुन्। राजस्थानमा विगतका केही वर्षमा गाईको सुरक्षाका सम्बन्धमा थुप्रै हिंसात्मक गतिविधिहरु भइसकेका छन् र मानिसहरुले दंगाका कारण मरेका गाईको मासु काटेर लैजाने कामसम्म गरेका देखिएको छ । गएको वर्ष अल्वरको व्यस्त राजमार्गमा एकजना मुसलमान दुग्ध किसानलाई कुटी कुटी हत्या गरिएको थियो ।  सन् २०१५ मा राजस्थानमा पहिलोपल्ट गाईको सुरक्षाका निम्ति मन्त्रालय खडा गरिएको थियो र प्रहरीबाट राजनीतिज्ञ बनेका ओताराम देवासीलाई गाईमन्त्री बनाइयो । ओवासीले मन्त्री भएपछि ‘गाई कर’का रुपमा मेवाटमा कुनै पनि जग्गा जमीन खरिद गर्दा बीस प्रतिशत कर लगाए । यसरी उठेको गाई करबाट राजस्थानमा अलपत्र परेका गाईहरुका लागि २ हजार ३ सय गोठ बनाएर चलाउने योजना बनाए ।उनले आफ्ना मातहतका ६ लाख ५० हजारमध्ये ८५ प्रतिशत गाईहरुलाई चोरीशिकार हुनबाट बचाउन एकै प्रकारको चिह्न पनि लगाए । तर सन् २०१६ मा सरकारले नै चलाएको गोठमा ५ सय गाई भोकभोकै मरेपछि  उनको यो काम र प्रतिष्ठामाथि निक्कै ठूलो आँच आयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित