FLASH NEWS
  • Loading...

वित्तीय कारोवारमा स्थायित्व आएको छ : अर्थमन्त्री

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४४ पटक पढिएको
वित्तीय कारोवारमा स्थायित्व आएको छ : अर्थमन्त्री

बनेपा । अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन्। आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनलले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहँुच पु¥याउन आवश्यक रहेको बताए ।समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा पहँ्च र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको अर्थमन्त्रीको उनको भनाइ थियो । उनले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा सम्पूर्ण वित्तीय कारोवार गर्ने गैरसरकारी संस्थालाई लघुवित्त वित्तीय संस्थामा आउन आह्वान गरेको चार वर्षपछि नौ संस्था रुपान्तरण भएको र १६ संस्था बाँकी रहेको बताए ।कार्यक्रममा संस्थाले राम्रो काम गर्ने प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरियो । साँगामा केन्द्रीय कार्यालय रहेको सो संस्थामा ५७ हजार ७२१ ग्राहक सदस्य रहेको सो संस्थाले हालसम्म रु तीन अर्ब १४ करोड ५० लाख ६५ हजार लगानी गरिरहेको संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित