FLASH NEWS
  • Loading...

मुख्यमन्त्रीको सपथ कांग्रेस नेता कमलनाथले लिने

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५३ पटक पढिएको
मुख्यमन्त्रीको सपथ कांग्रेस नेता कमलनाथले  लिने

भोपाल । मध्य प्रदेश– भारतीय कांग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा समथग्रहण गर्ने भएका छन् । मध्य प्रदेशको काग्रेस समिति (एमसीसी)का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय हिजो अबेर राति घोषणा भएको थियो ।

हालैमात्र सो राज्यमा सम्पन्न विधान सभाको निर्वाचनमा कांग्रेस पाटीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव गरिएको हो । यसअघि भारतीय जनता पार्टी (बिजेपी)का नेता शिवराज सिंह चौहान तीन पटकसम्म लगाताार सो राज्यको मुख्यमन्त्री रहेका थिए । आफ्नो राजनीतिक यात्रा शुरु भएयता ७२ वर्षीय काँग्रेस नेता कमलनाथ पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी काँग्रेस पार्टीको तर्फबाट मध्यप्रदेशमा नौ पटकसम्म साँसद भएका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित