FLASH NEWS
  • Loading...

कांग्रेस महासमिति बैठक : बन्दसत्र सुरु

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५२ पटक पढिएको
कांग्रेस महासमिति बैठक : बन्दसत्र सुरु

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकमा आजदेखि बन्दसत्र सुरु हुँदैछ ।बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदनहरुमाथि छलफल हुनेछ । उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा.शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गरेका छन् ।विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ ।पेश गरिएका प्रतिवेदनमाथि छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गर्ने वा समावेशी रुपमा विभाजन गर्ने भन्नेमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित