FLASH NEWS
  • Loading...

प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रकृया सुरु

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४७ पटक पढिएको
प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रकृया सुरु

  काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ । सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो ।गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाई गर्न समितिलाई पत्राचार गरेको थियो । सोही पत्राचारमाथि छलफल गर्दै समितिले सोमबारबाट १० दिनसम्मका लागि प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्धको उजुरी सोमबारबाट आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध आह्वान गरिएको उजुरीको म्याद १० दिनमा सकिएपछि सो उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने हुन्छ । सभापति कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधीशमा सिफारिस जबरासँग सुनुवाई हुने पनि स्पष्ट पारे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित