FLASH NEWS
  • Loading...

साप्पोरोमा भएको शक्तिशाली विष्फोटबारे अनुसन्धान सुरु

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५१ पटक पढिएको
साप्पोरोमा भएको शक्तिशाली विष्फोटबारे अनुसन्धान सुरु

टोकियो ।  जापान प्रहरीले  हिजो राति साप्पोरोस्थित एक रेष्टुराँमा भएको शक्तिशाली विस्फोटको छानबिन थालेको जनाएको छ । उक्त विस्फोटबाट ४२ जना घाइते हुनुका साथै वरिपरिका केही भवनमा क्षति भएको थियो । स्थानीय अधिकारीहरुले साप्पोरोस्थित एक रेष्टुराँमा रातिपख आगो सल्किएको र त्यसलगत्तै भएको विस्फोटबाट आसपासका केही घरमा क्षति पुगेको बताएका छन् । उनीहरुले दर्जनौं स्थानीयबासीलाई अस्थायी टेन्टमा राखिएको छ ।

प्रहरीले उक्त विस्फोटको अनुसन्धान शुरु गरेको जनाएको छ, तर ग्यास चुहिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।  विस्फोटपछि आगोको ठूलो लप्का र धुवाँमाथि आकाशसम्म पुगेको देखिएको थियो । प्रत्यक्षदर्शीहरुले उक्त विस्फोटको आवाज र धुँवाले जनजीवन त्रसित बनाएको बताएका छन् । दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि तत्काल अस्पताल पुर्याइएको थियो । घाइतेमध्ये सातजना बालबालिका छन् ।

विस्फोटपछि आसपासका २५० वटा घरमा केही समय विद्युत सेवा अबरुद्ध भएको थियो । गत फेब्रुअरीमा साप्पोरोको एक वृद्धाश्रममा आगलागी हुँदा ११ जनाको ज्यान गएको थियो ।

एएफपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित