FLASH NEWS
  • Loading...

नेपाल आउदैं भारतीय गायक गजेन्द्र बर्मा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४९ पटक पढिएको
नेपाल  आउदैं भारतीय गायक गजेन्द्र बर्मा

काठमाडौं । भारती सांगीतिक क्षेत्रमा छोटो अवधिमै चर्चा कमाउन सफल भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन् । किस्मसको पूर्व सन्ध्यामा मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा राजधानीको दरबारमार्ग स्थित क्लब डेजाबुमा पौष ९ अर्थत डिसेम्बर २४ का दिन साँझ हुन लागेको सांगीतिक कार्यक्रममा आउने भएका छन् । गायक बर्माले तुने मेरे जानाू, मे तेरा ही रहुू, मेरा जहा जहा, जस्ता चर्चित गीत प्रस्तुत गर्ने आयोजक मेड्ली इभेण्ड र डार्क हर्स इभेन्टले जानकारी दिएको छ ।    २८बर्षिय गायक बर्मा ले भारतीय सांगीतिक क्षेत्रमा दर्जनौ गीत गाएर आफ्नो नाम स्थापित गराउन सफल भएका छन् । उक्त कार्यक्रमको टिकट १५सय देखी ३५सय सम्म तोकिएको छ । बेला बेलामा आयोजना गरिने यस्ता किसिमका सांगीतिक कार्यक्रमले आपसी मित्रतालाई अझै मजबुद बनाउने मद्दत पुग्ने मेड्ली इभेण्ड का प्रबन्ध निर्देशक सुमित सिग्देलको धारणा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित