FLASH NEWS
  • Loading...

इन्डोनेसियामा ज्वालामुखी बिस्फोटनपछि सुनामी, ४३ को मृत्यु

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ६२ पटक पढिएको
इन्डोनेसियामा ज्वालामुखी बिस्फोटनपछि सुनामी, ४३ को मृत्यु

बीबीसी । इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण कम्तीको ४३ को मृत्यु भएको छ । देशको प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार दुई व्यक्ति हराइरहेका छन्, दर्जनौं भवन क्षती भएका छन् भने पाँच सय ८५ घाइते भएका छन् ।
क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्र भित्र भएको भुस्खलनका कारण सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ ।

सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ ।पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षती भएको बुभिएको छ ।अधिकारीका अनुसार मृतकको संख्यामा वृद्धि हुनसक्छ । प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार शनिबार पुर्णिमा भएकाले पनि समुन्द्रको छाल निकै माथिसम्म उठेको हुनसक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित