FLASH NEWS
  • Loading...

१४ वर्षीया किशोरीको ज्यूँदै आगो लगाएर हत्या

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५२ पटक पढिएको
१४ वर्षीया किशोरीको  ज्यूँदै आगो लगाएर  हत्या

नयाँ दिल्ली । भारतको  आगरामा  दलित किशोरीको हत्या भएको छ। एक साता पहिले मोटरसाइकलमा आएका दुई जनाले सञ्जली नाम गरेकी किशोरीलाई ज्यूदै आगो लगाएर हत्या गरेका हुन्। प्रज्वलनशील पदार्थ शरीरमा हालेर सार्वजनिक रुपमै आगो लगाएर उनको हत्या भएको थियो। आगोले जलेर गम्भीर घाइते भएकी सञ्जलीलाई दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उपचारको प्रयासका वावजुद चिकित्सकले उनलाई बचाउन सकेनन्।उत्तर प्रदेश प्रहरीले घटनाको छानबिन गरिरहेको बताएपनि अभियुक्तलाई ६ दिनसम्म पनि पक्राउ गर्न सकेको छैन। घटनापछि महिलाको सुरक्षाको विषयमा मुख्यमन्त्री योगी आदित्यनाथमाथि विपक्षीले आलोचना  गरेका छन् । साथै विभिन्न राजनीतिक दल तथा अधिकारवादी संघ–संस्थाले पनि हत्याको निन्दा र भत्सर्ना गर्दै न्यायको माग गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित