FLASH NEWS
  • Loading...

समायोजन अध्यादेशले कर्मचारीको वृत्ति विकास रोकेको छैन : मन्त्री पण्डित

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४३ पटक पढिएको
समायोजन अध्यादेशले कर्मचारीको वृत्ति विकास रोकेको छैन : मन्त्री पण्डित

काठमाडौं ।  कर्मचारी समायोजन अध्यादेशमा  राष्ट्रसेवकको वृत्तिविकासको ढोका बन्द नगरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले  बताएका छन् ।

आज संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पण्डितले केन्द्र सरकार मातहत रहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जानुपर्दा मनोवैज्ञानिक त्रासमात्र भएको बताएका हुन् ।

समयमा नै कर्मचारी समायोजन नगर्ने हो भने प्रदेश र स्थानीय तहको विकास निर्माण र सेवा प्रवाह प्रभावित हुने भएकाले अध्यादेश ल्याइएको मन्त्री पण्डितको स्पष्टोक्ति थियो ।

उनले अध्यादेशको मूलभूत विषयमा छलफल भएको भन्दै राष्ट्रपतिबाट जारी भइसकेको अध्यादेशको हरेक विषयमा छलफल हुनुपर्छ भन्नु ठीक नभएको पनि बताए ।

संसदको हिउँदे अधिवेशनमा संघीय निजामति सेवा ऐन प्रस्तुत हुने र ऐन पारित भएपछि प्रादेशिक निजामति सेवा ऐन र स्थानीय सेवा ऐनको नमुनाको मस्यौदा ल्याउने मन्त्री पण्डितले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित