FLASH NEWS
  • Loading...

कांग्रेसले जनसरोकारका मुद्दा उठाउने : प्रमुख सचेतक खाँण

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४६ पटक पढिएको
कांग्रेसले जनसरोकारका मुद्दा उठाउने : प्रमुख सचेतक खाँण

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्का दुवै सदनमा जन सरोकारका मुद्दा उठाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । “सरकारले गरेका जनविरोधी कामको दुवै सदनमा सांसदले प्रश्न उठाउनेछन्, संसद् छलेर सरकारले ल्याएको कर्मचारी अध्यादेश अनुचित रहेको पार्टीको ठहर छ, यसले दूरगामी प्रभाव पार्ने र कर्मचारीको वृत्तिविकासमा समेत असर गर्ने भएकाले यसको पनि विरोध हुनेछ,” उनले भने । पछिल्लो समय शान्तिसुरक्षाको अवस्था नाजुक रहेको, मूल्यवृद्धि, कर बढेकोलगायत जनसरोकारका विषयलाई संसद्मा गम्भीरताका साथ उठाउने निर्णय कांग्रेसले गरेको छ । लोकतन्त्र र राष्ट्रियताको संवद्र्धनका लागि पार्टीले संसद्म आवाज उठाउने प्रमुख सचेतक खाँणले सञ्चारकर्मीलाई जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित