FLASH NEWS
  • Loading...

नेकपा स्थायी समिति बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४८ पटक पढिएको
नेकपा स्थायी समिति बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री तथाा (नेकपा)का अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यले उठाएका प्रश्नको आज जवाफ दिनेछन्। अध्यक्ष ओलीले दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा जवाफ दिन लागेका हुन्।

बुधबारको बैठकमै जवाफ दिने भनिए पनि ओलीको कार्यव्यस्तताका कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र जवाफ दिएका थिए। प्रचण्डले सरकार पार्टीले नै चलाउनुपर्ने भन्दै विद्यमान समस्या समाधानका लागि कार्यदल निर्माण गर्न प्रस्ताव गरेका छन्।

दुई तिहाइको सरकार चलाउने अवसर पाउँदा पनि सोचेजस्तो काम गर्न नसकेको भन्दै बैठकमा चर्को आलोचना भएपछि प्रचण्डले पार्टी र सरकार सञ्चालनमा देखिएका समस्या र उठेका गुनासा सम्बोधनमा स्थायी कमिटी सदस्यहरू नै रहनेगरी उच्चस्तरीय कार्यदल बनाउन प्रस्ताव गर्नुभएको हो।

पार्टी र सरकार दुवैको नेतृत्वमा रहेका कारण अर्का अध्यक्ष ओलीको अधिकांश स्थायी कमिटी सदस्यले आलोचना गरेका छन्। अध्यक्ष ओलीले आज जवाफ दिएपछि नेताहरुका सुझाव समेटेर राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिने नेकपाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित