FLASH NEWS
  • Loading...

३ राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५० पटक पढिएको
३  राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं ।  सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । गएको सोमाबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नियुक्त भएका तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले राजदूतहरु अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र डा। चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको हो । तत्कालीन देउवा सरकारले सिंहलाई दक्षिण कोरिया, रायमाझीलाई स्पेन तथा भुसाललाई बंगलादेशका लागि राजदूत नियुक्त गरेको थियो । तीन राजदूतलाई स्वदेश फिर्तीका लागि बढीमा तीन हप्ताको समय दिइएको  छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित