FLASH NEWS
  • Loading...

चैत्रभित्रै महाधिवेशन गराउन कांग्रेस नेता सिटौलाको माग

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ३८ पटक पढिएको
चैत्रभित्रै महाधिवेशन गराउन कांग्रेस नेता सिटौलाको माग

काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालले चैतभित्रै पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले आगामी चैत महिनाभित्र पार्टीको १४ औं महाधिवेशन नबोलाए  कांग्रेस पार्टी कमजोर हुने दावी गरेका छन्।

त्यस्तै उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले नेता मान्न सक्ने अवस्था नरहेको पनि बताए । नेता सिटौलाले कांग्रेसमा हिन्दु राज्यको आवाज उठेपनि त्यो अहिलेको सन्दर्भमा जायज नभएको बताए । कांग्रेस संविधानको मर्मभन्दा बाहिर जान सक्दैन र जाँदैन । पछि संविधान संशोधन भए त्यसपछि नै सोचौला’ सिटौलाको भनाई छ ।

त्यस्तै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले हिजो संसदमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए । नेकपाका अध्यक्ष दाहलाले हिजो संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दा कम्युनिष्ट लोकतान्त्रिक पद्दतिमा छिटो छरितो काम हुन नसकेको भन्दै कम्युनिस्ट प्रणाली भए ड्याम ड्याम विकास गर्न सकिने बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित