FLASH NEWS
  • Loading...

रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४५ पटक पढिएको
रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा

काठमाडौं । तपस्वी रामबहादुर बम्जनको आश्रममा नेपाल प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा मारेका छौं, अहिले यत्ति भन्छौं ।’ बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले हिजो प्रहरीले अनुमति दिएको थियो । बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित