FLASH NEWS
  • Loading...

कांग्रेसद्वारा मन्त्री अधिकारीको राजीनामा माग

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५३ पटक पढिएको
कांग्रेसद्वारा मन्त्री अधिकारीको राजीनामा माग

 काठमाडौं ।   संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजीनामा माग गरेको छ। नेपाली कांग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी छन्। आज राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले सो विमान खरिदमा भएको अनियमिततासम्बन्धि छानवीन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने  बताइन्  उनले ४ अर्ब ३५ करोड सो वाइडबडि विमान खरिद प्रकरणका दोषीलाई कार्वाही गर्नुको साटो छानवीन समिति गठन गरेको भन्दै सरकारकोआलोचना  समेत गरिन्। कांग्रेस सांसद आलेले वाईडबडि विमान खरिदमा संसदीय उपसमितिले दोषी ठह¥याएकाहरुलाई तत्काल कार्वाही गर्न पनि सरकारको  ध्यानाकर्षण गराइन्। संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले सो वाइडबडि विमान खरिद आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई पनि कार्वाही गर्न सिफारिस गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित