FLASH NEWS
  • Loading...

महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमै कालोमसो दलियो

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५० पटक पढिएको
महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमै कालोमसो दलियो

काठमाडौं । नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कालो मोसो दलिएको छ ।नेकपा(क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही गर्न क्रममा नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा कंसकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको जनाएको छ । क्रान्तिकारी युवा लिगले भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुख्य भूमिका निभाएका भनिएका कंसकारलाई कारबाही गरेको हो । लिगले अन्य भ्रष्टाचारीहरु पनि कारबाहीको लिस्टमा रहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित