FLASH NEWS
  • Loading...

सरकारी चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय गरे घेराउ

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५२ पटक पढिएको
सरकारी चिकित्सकहरूले  स्वास्थ्य मन्त्रालय गरे  घेराउ

काठमाडौं । सरकारी चिकित्सकहरूले कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्।  सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा आज १० बजेदेखि चिकित्सकहरूले मन्त्रालय घेराउ गरेका हुन्।

घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै गोदानका अध्यक्ष डा .दीपेन्द्र पाण्डे  कर्मचारी समायोजनमा चिकित्सकहरूलाई सरकारले उपेक्षा गरेको हुनाले आफूहरु आन्दोलनमा आउनुपरेको बताए। उनले भने, ‘कर्मचारी  संमायोजनमा हामी सरकारी चिकित्सकहरुलाई विभेद गरिएको छ।

स्वास्थ्य मन्त्रालयको सचिव चिकित्सकनै हुनुपर्ने, कर्मचारी समायोजनमा सरकारी चिकित्सकहरुलाई एक तह बढुवा गर्नु पर्ने, सरकारी अस्पतालहरुलाई प्रतिष्ठान बनाउन नहुने लगायतका माग राख्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित