FLASH NEWS
  • Loading...

कांग्रेसलाईधमिलो पानीमा माछा पार्ने रहर नगर्न प्रधानमन्त्रीको सुझाव

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १३९ पटक पढिएको
कांग्रेसलाईधमिलो पानीमा माछा पार्ने रहर नगर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिँदै राम्रो काम जसले गर्छ उसले जस लिने बताएका छन् । संसदमा आज संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई जवाफ दिदै भने, ‘ राम्रो कामको जसले जस लिएपनि हुन्छ ।
नीति तथा कार्यक्रमम सदनको सर्वस्वीकृत हो । यसको जस पनि सदनले पाउनुपर्छ । यसमा कसको प्याटेन्ट राइट छैन । किन दन्तबझान गर्ने रु किन खिसीटीउरी गर्ने ?’ ओलीले आफ्नो कार्यकालमा गरेका राम्रा कामप्रति प्रतिपक्षले सहन नसकेको भन्दै राम्रा कामको प्रशंसा गर्न भुल्न नहुने बताए ।
उनले सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको रु कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ रु जस्ता प्रश्न आएको भन्दै स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५र६० अर्ब व्ययभार बोक्नुुपर्ने भएकाले यो बाटो रोजेको दावी गरे । ‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।’ प्रधानमन्त्री केपी ओलीको कांग्रेस र आन्दोलनरत कर्मचारीप्रति संकेत गर्दै कटाक्ष गरे ।

 के के भने प्रधानमन्त्रीले
–कर्मचारी समायोजनप्रति चित्त दुखाउनुपर्ने आवश्यकता छैन ।
–पहिलोचोटी वित्तीय संघीयता कार्यन्वयनमा आएकाले केही अलमल भएपनि अब अन्यौल कम हुन्छ ।
–राष्ट्रिय गौरवका आयोजनलाई सात सूचकका रुपमा लिएको छौं ।
–गत वर्षको तुलनामा मुल्यवृद्धि घटेको छ ।
–आन्तरिक ऋण परिचालन गर्नुपरेको छैन ।
–११२ अर्ब १३ अर्व वैदेशिक सहयता प्राप्त भएको छ ।
–वैदेशिक लागानीका परियोजनामा २५ प्रतिशतले वृद्धि भएको छ ।
–आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ
–कुल निकासी १२।३ प्रतिशतले बढेको छ ।
–नेपाली धागोको ठुलो निर्यात बजार बढेको छ ।
–औद्योगिक वस्तुको आयात उत्पादनका आधारमा सकारात्मक छ ।
–यसवर्ष धान उत्पादन नौ प्रतिशतले बृद्धि भएको छ ।
–हिउँदेबालीको मलका लागि ६ अर्ब रुपैयाँ निकासा गरिएको छ ।
–एक नेपाली एक फलफूलका बोट रोप्ने कार्यक्रमअन्र्तगत २३ लाख विरुवा रोपिएको छ ।
–सुत्केरीका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ ।
–२०१९ भित्र गौतमबुद्ध विमानस्थल र ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी भइरहेको छ ।
–२६ हेक्टरमा सिञ्चाई गर्ने व्यवस्था मिलाईएको छ ।
–मेलम्चीको काम तिव्र गतिमा भइरहेको छ ।
–पूर्व पश्चिम रेलमार्गको विस्तृत परियोजना सुरु गरिएको छ।
–फास्टट्रयाकको काम भइरहेको छ ।
–काम छिटो र प्रभावकारी बनाउन अनुगमन थालिएको छ ।
–राष्ट्रिय गौरवका योजनामा प्रत्यक्ष सम्पर्क गर्न डिजिटल एक्सनको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित