FLASH NEWS
  • Loading...

जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा : दाहाल

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५८ पटक पढिएको
जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा :  दाहाल

 बुटवल । सरकारले जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जाने  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । पराजित भएका शक्तिहरु आन्दोलनको उपलब्धी उल्ट्याउन दश गुणा बढी ताकतसहित लागेको उल्लेख गर्दै दाहालले कमजोरीलाई आत्मसाथ गरी जनमतलाई आफ्नो पक्षमा पार्न नसकिए प्रतिकुल अवस्था आउन सक्ने औंल्याए । आज बुटवलका पुराना पत्रकार कर्णबहादुर कार्कीले प्रकाशन गरेको लोक अभियान पाक्षिक पत्रिकाको विमोचन गर्दै दाहालले आफ्नै दलप्रति इंगित गर्दै भने ‘आफ्नो कमजोरीप्रति आत्मआलोचना गर्न सक्नुपर्छ, हामीमा घमण्ड, अभिमान आयो, जनताका कुरा सुन्न छाड्यौं भने प्रतिक्रान्तिकारी शक्तिले उपयोग गर्छन् ।’क्रान्ति पूर्ण सफल नभएको बताउदै दाहालले विश्व इतिहासबाट पनि पाठ सिक्नुपर्ने उल्लेख गरे । हिजोका शासकलाई कम्युनिष्ट शक्ति सत्तामा आएको मन नपरेको र गुमेको शक्ति पुनर्स्थापित गर्र्ने कसरतमा रहेकाले एकतावद्ध भएर अघि बढ्नुपर्नेमा दाहालले जोड दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित