FLASH NEWS
  • Loading...

वाइडबडी विमान प्रकरणमा सरकार अत्तालियो : नेता थापा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४८ पटक पढिएको
वाइडबडी विमान प्रकरणमा सरकार अत्तालियो : नेता थापा

काठमाडौं ।  वाइडबडी विमान खरिद प्रकरणमा सरकार अत्तालिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन्। कांग्रेस नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद प्रकरणबाट अत्तालिएको दाबी गर्दै शाही आयोगको जसरी सो सम्बन्धमा जाँचबुझ समिति गठन गरेको उल्लेख गर्दै आपत्ति पनि जनाए। आज नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिलाई गालीगलौजको भाषा प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसदको मर्यादालाई कायम राख्न नसकेको आरोप पनि लगाए। प्रधानमन्त्री ओलीले उपसमितिले समितिमा छलफल नै नगरी सोसम्बन्धी प्रतिवेदन बाहिर सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाए। प्रधानमन्त्रीको सो असन्तुष्टिले संसदीय समितिको मर्यादालाई उलंघन गरेको कांग्रेस नेता थापाको आरोप छ। कांग्रेस नेता थापाले वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा सबै कुरा बुझेर आवश्यक निर्णय लिन संघीय संसदको सार्वजनिक लेखा समितिलाई पनि आग्रह गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित