FLASH NEWS
  • Loading...

सामाखुशीमा माइक्रोबसको ठक्टरबाट १ को मृत्यु, ४ जना घाइते

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५४ पटक पढिएको
सामाखुशीमा माइक्रोबसको ठक्टरबाट १ को मृत्यु, ४ जना घाइते

काठमाडौं । काठमाडौंको सामाखुशीमा माइक्रोको ठक्टरबाट एक जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन् ।सामाखुशी ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार आज दिउँसो पौने १२ बजे तीर बा १ ज ५७६६ नम्बरको माइक्रो बसको ठक्टरबाट १ जनाको मृत्यु भएको छ । घाइते ४ जना मध्ये १ जनाको अवस्था गम्भिर रहेको सामाखुशी सइ जे जेङ्ग कार्कीले जानकारी दिए।

नेपाल बहस संग कुरा गर्दै सइ कार्कीले भने, सामाखुशीको मेन चोकमा माइक्रो बसले यात्रु चढाएर जाँदै  गर्दा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ५ जना मध्ये उपचारको क्रमका एकको मृत्यु भएको छ । अन्य ४ जनाको अहिले टिचिङ अस्पतालमा उपचार भैइरहेको छ भने  एक जनाको अवस्था भने गम्भिर रहेको सइ कार्कीले जानकारी दिए ।

रिङरोड हुँदै गोगंबु बाट महागंञ्ज जादै गरेको माइक्रो सवारी चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । सवारी चालकले बे्रक फेल भएर दुर्घटना भएको बताएका छन् ।लापरवाही गरेर गाडी चलाएको भन्दै प्रहरी घटनास्थलबाटै रामेछाप घर भएका बर्ष ४० का टंक राज कार्कीलाई नियन्त्रणमा लिएको छ ।

यता घाइते भएका ४ जनाको पहिचान खुलेको छ । सइ कार्काीका अनुसार धुम्बाराही बस्ने ५५ बर्षिय सीता दाहाल, खोटाङ घर भएका १९ बर्षिय सपना राई, कोटेश्वर बस्ने ५० बर्षिय सरीचता अधिकारी र कोटेश्वरकै सुशिल ५५ बर्षिय सुशिल अधिकारी रहेका छन् । उनीहरु सबैको महाराजगञ्ज स्थित टिचिङ अस्पताल मा उपचार भैइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित