FLASH NEWS
  • Loading...

मानव तस्करीको आरोप लागेकी राजदूत लक्की शेर्पा बर्खास्त

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५१ पटक पढिएको
मानव तस्करीको आरोप लागेकी राजदूत लक्की शेर्पा बर्खास्त

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषदमा बुझाएको प्रतिवेदनका आधारमा सरकारले शेर्पालाई बर्खास्त गरेको हो ।

मानव तस्करीको आरोप लागेपछि शेर्पालाई स्पष्टीकरणका लागि एक महिनाअघि नेपाल झिकाइएको थियो । परराष्ट्र मन्त्रालयद्वारा गठित समितिलाई उनले सफाइ दिएपनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्याउँदै बर्खास्त गरेको हो । उनीमाथि मानब तस्करीको आरोप छ ।

उनी तत्कालिन नेकपा माओवादी केन्द्रको कोटामा राजदूत बनेकी थिइन । त्यस्तै सरकारले अमृतकुमार राईलाई न्यूयोर्किस्थत संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुखमा नियुक्त गरेको छ। सोमबारको मन्त्रीपरिषद् बैठकले ओली निकट मानिने राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुखको जिम्मेवारी दिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित