FLASH NEWS
  • Loading...

नेकपा सांसदहरुले नै गरे सरकारको आलोचना

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५० पटक पढिएको
नेकपा सांसदहरुले नै गरे सरकारको आलोचना

काठमाडौं । वन तथा वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  ने क पाका सांसदहरुले सरकारको   आलोचना गरेका छन् । संघीय संसदको दिगो विकास तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दल ने क पाका राष्ट्रियसभाका सांसदहरुले करोडौंको जडिबुटीलगायतका वनजन्य सम्पदाहरु भारतमा चोरी निकासी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् । समितिका सदस्य समेत रहेका नेकपाका राष्ट्रियसभाका सांसद दिनानाथ शर्माले वन सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको अर्को आलोचना गरे ।  उनले चोरी निकासी नियन्त्रण गर्न र वनको उचित संरक्षण गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।

सत्तारुढ नेकपाकै अर्का सांसद चक्रप्रसाद स्नेहीले वन ऐन तत्काल संशोधन गर्न पनि सरकारसँग माग गरे ।  खोला, नदी किनाराबाट २ सय मिटर वरपरको रुख ढलेपनि विद्यमान ऐनले त्यसको सदुपयोग गर्ने अधिकार नदिएको उल्लेख गर्दै सो रुख कटान गर्न मिल्ने गरी वन ऐन संशोधन गर्न सरकारसँग माग गरेका हुन् ।महाकाली नदी किनारामा ढलेका रुख कटान गर्न ऐनले नदिएपछि त्यसको सदुपयोग भारतीय नागरिकहरुले गरिरहँदा पनि सरकारले तत्सम्बन्धमा कुनै चासो नदिएकोमा सांसद स्नेहीको आपत्ति छ । सांसद स्नेहीले वनको सदुपयोग गर्ने नीति अझै लिन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित