FLASH NEWS
  • Loading...

बिपी सङ्ग्रहालय र पुष्पलालको जन्मघर संरक्षण गर्न सरकारको ध्यानाकर्षण

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४६ पटक पढिएको
बिपी सङ्ग्रहालय र पुष्पलालको जन्मघर संरक्षण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकमा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको विशेष समयमा सांसद दीनानाथ शर्माले सुन्दरीजलमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय कुनै व्यवस्थित नभएको र पुष्पलालको जन्मस्थल रामेछापको भँगेरीमा रहेको घरसमेत भूकम्पले भत्किएपछि पुनःनिर्माण हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए । सांसद शर्माले जननेता पुष्पलालको भत्किएको घर निर्माण गरी सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्नेमा त्यस विषयमा सरकारले कुनै पनि ध्यान नदिएकोमा त्यहाँका बासिन्दा निकै दुःखी रहेको आफूले पाएको  बताए । चित्रकारले कुँदेको पुष्पलाल र शहीद गङ्गालाल श्रेष्ठको चित्र त्यतिकै भुईंमा राखिएको हुँदा पुष्पलालजस्तो नेतालाई सबैभन्दा ठूलो उपेक्षा भएको आफूले महसुस गरेको हुँदा राज्यले महत्वपूर्ण व्यक्तित्वको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । सांसद रमेशजङ्ग रायमाझीले वाइड बडी विमान खरीदमा दोषी ठहर भएका व्यक्तिविरुद्ध अख्तियारलाई कारवाही गर्नका लागि मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै नेपाल एयरलाइन्स डुबाउन रु ५६ अर्ब ऋण रहेको हुँदा त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । सो विमान खरीद गर्न सञ्चयकोष र नागरिक लगानीकोषको पैसा दुरुपयोग हुने अवस्था रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारको कार्यले मन्त्रीको मात्र नभई संसद् र सार्वजनिक लेखा समितिको शिर निहुरिएको बताए । सांसद धनकुमारी खतिवडाले रेशमलाल चौधरीलाई शपथ गराउँदा कार्यपालिका र न्यायपालिका चुकेको उल्लेख गरे ।

प्रस्ताव सर्वसम्मत

राष्ट्रियसभाको बैठकले ‘प्रदेश लोक सेवा आयोग ९आधार र मापदण्ड निर्धारण० विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक आगामी माघ २ गते बुधबार १ बजे बस्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित