FLASH NEWS
  • Loading...

मधेस आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गर्न कर्णको माग

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४६ पटक पढिएको
मधेस आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गर्न कर्णको माग

काठमाडौं । राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले तराइमधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि गठन गरिएको गिरिसचन्द्र लाल नेतृत्वले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । आज बसेको संसद बैठकमा सांसद कर्णले उक्त प्रतिवेदन सार्वजनिक नगरिए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए ।कर्णको माग अनुसार सभामुख कृष्णबहादुर महराले सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

विगतमा तराइमधेस आन्दोलनका क्रममा झण्डै ६ महिना आन्दोलन भएको थियो । उक्त आन्दोलनमा करिव ७५ जना मारिएका तथा कयौँ अङ्गभङ्ग भएका थिए ।सो प्रतिवेदन लाल नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई बुझाएको थियो । तर, सरकारले उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन । प्रतिवेदनमा परेका ३२६४ उजुरीमाथि छानविन गरेको उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित