FLASH NEWS
  • Loading...

हेलिकप्टरबाट पुष्पवृष्टिसहित प्रदेश १ मा औपचारिक भ्रमण वर्ष २०२० शुभारम्भ

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ६८ पटक पढिएको
हेलिकप्टरबाट पुष्पवृष्टिसहित प्रदेश १ मा औपचारिक भ्रमण वर्ष २०२०  शुभारम्भ

नेपाल भ्रमण वर्ष २०२० को प्रदेश १ मा औपचारिक शुभारम्भ भएको छ । बुधबार विराटनगरको सहिद मैदानबाट मुख्यमन्त्री शेरधन राईले पाँचलाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष शुभारम्भ भएको घोषणा गरेका छन ।

विभिन्न झाँकी र हेलिकप्टरबाट पुष्टवृष्टिसहित आयोजना भएको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले नेपालको होचो स्थान केचना कवलदेखि विश्वको अग्लोस्थान सगरमाथासहित अन्य पर्यटकीय क्षेत्रहरुको अवलोकनका लागि पाँचलाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।

प्रदेश १ मा विश्वको सर्वोच्च शिखर सगरमाथासँगै सगरमाथा राष्ट्रिय निकुन्ज, मकालु बरुण राष्ट्रिय निकुन्ज, कञ्चनजंघा राष्ट्रिय निकुन्ज र कोशी टप्पु बन्यजन्तु आरक्षलगायतका क्षेत्रहरु छन् ।

धार्मिक पर्यटकीय क्षेत्र बराह क्षेत्र, हलेसी, पाथीभरा रहेका छन् भने पर्यकीय स्थल भेडेटार, नाम्जे, सन्दकपुर, श्रीअन्तु, तीनजुरे मिल्के जलजले, कन्याम, सभापोखरी, नाम्चे–दुधकुण्ड, सिलिचुङ साल्पा पोखरी रहेका छन् ।

नेपाल सरकारले घोषणा गरेको सय गन्तव्यमध्ये प्रदेश १ मा १६ वटा पर्यटकीय स्थल पर्छन् ।
एक नम्बर प्रदेश सरकराले मे महिनामा समिटर्स समिट आयोजना गर्ने घोषणा पनि गरेको छ ।
सगरमाथा दिवसको अवसर पारेर सगरमाथा आरोहरण गरेका राष्ट्रिय– अन्तर्राष्ट्रिय पर्वतारोहीहरु सम्मिलित समिट आयोजना गर्न लागिएको मुख्यमन्त्री राईले उद्घोष गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित