FLASH NEWS
  • Loading...

बनेपा पाँच दिनको लागि सिल, कृषि व्यवसायमा रमाउँदै युवा

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १८२ पटक पढिएको
बनेपा पाँच दिनको लागि सिल, कृषि व्यवसायमा रमाउँदै युवा

|?????????????????????????

विदेशबाट फर्केका युवाहरुले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ८ मल्पिमा सामूहिक व्यवसाय शुरुआत गरेका छन् । ‘हिमाल एकीकृत कृषि फर्म’ सञ्चालन गरी उनीहरुले ११ रोपनी जग्गामा गत कात्तिकबाट संरचना निर्माण शुरु गरी भैंसी र गाई पाल्न थालेका हुन् ।

एक÷एक लाख जम्मा गरी २४ युवाले व्यवसाय शुरु गरेका थिए । अहिले भैंसी, गाई र धान खेती समेत गरिएको छ । पैसा कमाउनको लागि युवाहरु विभिन्न खाडीमुलुक तथा अन्य देशमा जानुपर्छ भन्ने सोचाइको अन्त्य गर्न आफूहरुले व्यवसाय शुरु गरेको उनीहरुले जनाएका छन् । साथै स्वदेशमा नै विभिन्न व्यवसायमा लागेर आम्दानी गर्न सकिन्छ भन्ने ध्येयका साथ सामूहिक रुपमा काम थालनी गरेको उनीहरुको भनाइ छ । “विदेशमा गर्ने दुःख नेपालमै गरौँ भनेर साथीभाइको सल्लाहले काम शुरु गरेका छौँ ।” उनीहरु भन्दछन्, “यसबाट उदाहरणीय काम गरेर विदेशिएका अरु दाजुभाईलाई पनि स्वदेशमा नै केही गर्न प्रेरणा दिन सक्छौं भन्ने संकल्प लिएका छौं ।” विदेशमा आफूहरुले भोग्नुपरेका दुःख सम्झेर नेपालमा नै केही गरेर देखाउने उनीहरुको भनाइ छ । तर अहिले कोभिड–१९ को प्रभावको कारण सोचेजस्तो काम गर्न नपाएको उनीहरुले जनाएका छन् ।

सामूहिक रुपमा कृषि कार्यमा लागेका युवाहरुको योजना कोरोना भाइरस प्रभावका कारण थप अगाडी बढ्न सकेको छैन । पनौती नगरपालिका– ४ मा बसोबास गर्दै आउनुभएका दिनेशकुमार बजगाईंले कोरोना भाइरस प्रभावका कारण सोचेजति व्यवस्थित र स्तरबृद्धि गर्न नपाएको जानकारी दिनुभयो । उहाँको नेतृत्वमा व्यवसायमा सम्लग्न २४ जना युवाहरुमध्ये श्यामहरि महाजु, बुद्धिमान वि.क, राजकुमार थापा, रामेश्वर हुँमागाईं विशेष सक्रिय भएर काम गरिरहनुभएको छ ।‘प्रवासबाट आर्जित सीप ज्ञान र पुँजी स्वदेशका लागि’ भन्ने नाराका साथ सामूहिक भैंसीपालन व्यवसाय शुरु गरेका हुन् । अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भएकाले त्यसतर्फ लागेको उहाँले बताउनुभयो । विदेशबाट फर्केकाहरुको संगठन ‘रिटर्नी माइग्रेन नेपाल’ काभ्रे शाखामा आवद्ध युवाहरुले सञ्चालन गरेको सो फार्ममा पाँच बर्षमा सय वटा भैंसी पु¥याउने, सय रोपनी जग्गा भाडामा लिने, त्यसमा भैंसीसंगै गाई, बाख्रा, कुखुरा हाँस, कालिज र टर्की पाल्ने योजना रहेको र केही जग्गामा गोठबाट उत्पादित मलको सदुपयोग गर्दै अर्गानिक तरकारी खेतीको पनि शुरुआत गर्न लागेको बुद्धिमान विकले जानकारी दिनुभयो ।

यसको लागि हाल ८० रोपनी जग्गा भाडामा लिइसकेको सस्थाका अध्यक्ष समेत रहनुभएका बजगाईले बताउनुभयो । चार बर्षसम्म साउदीमा बसेर फर्कनुभएको उहाँ साथीहरुसंगै सामूहिक व्यवसायमा लाग्नुभएको हो । फरक फरक ठाउँका युवाहरु मिलेर सामुहिक रुपमा काम शुरु गर्दा जिम्मेवारी बाँडफाँट गरेर काम गरिरहेको उहाँले बताउनुभयो । यसअनुसार कृषि फर्मको व्यवस्थापन तेमाल गाउँपालिका वडा न १ का आधाबाटका बुद्धिमान विकले गर्दै आउनुभएको छ । हाल पनौती बस्दै आउनुभएका उहाँले अहिले फर्ममा ६ वटा भैंसी रहेको र एउटा गाई पालेका छन् । हाल दैनिक ५० देखि ५५ लिटरसम्म दूध उत्पादन गर्दै आएको छ । उत्पादित दूध संस्थाका शेयर सदस्य समेत रहनुभएका खुवा ठेकदार विजय स्याङतानले किनेर खुवा बनाएर बेच्दै आउनुभएको छ । सबै कामकाज आफूहरुले मिलेर गर्ने गरेको र केहीलाई रोजगारी समेत दिइएको व्यवस्थापक विकले जानकारी दिनुभयो ।

विदेशबाट फर्किएका युवाहरुलाई उत्साह र उत्प्रेरणा दिने काम राष्ट्रिय युवा परिषद्ले गरेको र त्यसैको साथबाट अहिले सो अभियान थालेको बजगाईले बताउनुभयो । युवाहरुको अभियानमा साथ दिनुभएको छ पनौती ७ मल्पिका भिमसेन बस्नेतले । सिद्धार्थ बनस्थली इष्टिच्युटको प्राचार्यबाट अवकाश पाएपछि मल्पिमा रहेको आफ्नै घर नजिक बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएको उहाँले आफु आवद्ध हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि. पनौती, इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्था पनौती र छिमेकी बचत तथा ऋण सहकारी संस्था लि. पनौतीसंग मिलेर अभियानमा साथ दिदै आएको जानकारी दिनुभयो । “मेरो उद्धेृश्य भनेको केही गर्न लाग्नेहरुलाई साथ र हौसला दिनु हो ।” उहाँले भन्नुभयो, “यसमा म आफैपनि काममा सम्लग्न हुँदै आएको छु र गर्न खोज्ने साथीहरुलाई सहकार्य गर्दै आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने काममा सहयोग गर्दै आएको छु ।” फर्मले शुरु गरेको काममा आफू अध्यक्ष रहेको हिमशिखरबाट पाँच लाख सहुलियत ऋण उपलब्ध गराईसकेको र त्यसलाई बढाएर दश लाखसम्म दिने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । हरेक काम सामूहिकतामा नै सम्भव हुने भएकाले समूहमा बसेर गर्दा जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने भावले काम गरिरहेको उहाँको भनाइ छ । यसका साथै ‘रिटर्नी माइग्रेन नेपाल’ काभ्रेको पहलमा संस्थालाई एनएमबी बैंक बनेपा शाखाले दश लाख विना धितो सहुलियत कर्जा दिने निर्णय भइसकेको छ । अहिले सो फार्ममा कुशादेवीका रघुनाथ तिमल्सिना परिवार र सिन्धुपाल्चोकका एक जना गरी तीनले काम गरिरहेका छन् ।

श्य्या थप गर्न आग्रह

(कोभिड–१९) को सङक्रमण बढ्दै गएपछि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र जिल्ला कमाण्ड पोष्टले जिल्लामा रहेका धुलिखेल र शिर मेमोरियल अस्पताललाई भएको श्य्यासङख्याको ३३ प्रतिशत आईसोलेसन श्य्या बनाउन आग्रह गरेको छ । आईतबार बसेको कमाण्ड पोष्टको बैठकले आफ्नो श्य्या सङ्ख्याको ३३ प्रतिशत श्य्या कोरोना सङ्क्रमितको उपचारको लागि आइसोलेसन श्य्या स्थापना गर्न आग्रह गरेको हो । यसअघि गत साउन २६ गतेको कमाण्ड पोष्टको बैठकले लेभल ३ को कोभिड अस्पताल रहेको धुलिखेल अस्पताललाई कम्तिमा ५० श्य्या र शिर मेमोरियल अस्पताललाई कम्तिमा २० श्य्याको आईसोलेसन तयार गर्न आग्रह गरेको थियो । धुलिखेल अस्पतालमा हाल ५३ वटा श्य्या मात्रै आईसोलेसनको लागि छुट्याएको छ । अस्पतालका सह–प्राध्यापक डा सुमन ताम्राकारका अनुसार करिब ५०० श्य्यासंख्या रहेकोमा अस्पतालमा ५० जना आईसोलेसनमा राखेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । “ सरकारलाई भनिदिदैमा पुग्यो तर हामीलाई व्यवस्थापन गर्न कति गाह्रो छ भन्ने के थाहा ?” उहाँले भन्नुभयो, ‘सरकारले भनेअनुसार जम्मा श्य्याको ३३ प्रतिशत श्य्या आईसोलेसनको लागि छुट्याउन गाह्रो छ ।”
बनेपास्थित शिर मेमोरियल अस्पतालमा हाल ५ वटा मात्रै आईसोलेसन श्य्या सञ्चालनमा छन् । अस्पतालका वरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापाका अनुसार १५० श्य्याको अनुमति भएपनि करिब १२५ श्य्या चालु अवस्थामा रहेको छ । सरकारले गरेको ३३ प्रतिशत श्य्या आईसोलेसन बनाउने निर्णय अनुसार त्यसको लागि बनाउने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समयमा सङक्रमितहरु बढ्न थालेपछि आईसोलेसन श्य्या नहुँदा होम आईसोलेशनमा राख्नुपर्ने बाध्यता रहेको कमाण्ड पोष्टले जनाएको छ ।
कोभिड–१९ जिल्ला सङ्कटन व्यवस्थापन केन्द्र जिल्ला कमाण्ड पोष्टको गत साउन २६ गतेको निर्णय अनुसार जिल्लाको छ वटा नगरपालिकाहरुमा कम्तिमा १० श्य्या को आईसोलेसन निर्माण गर्न आग्रह गरेको भएपनि अझैसम्म अधिकांश नगरपालिकाले आईसोलेसन श्य्या निर्माण गरेको छ्रैन् । यही भदौ १ गते भित्रमा जिल्लाका छ वटा नगरपालिकाहरुलाई अनिवार्य रुपमा न्युनतम दश श्य्या को आईसोलेसन निर्माण गर्न आग्रह गर्दै तोकिएको संख्यामा श्य्या निर्माण गरी त्यसको जानकारी गराउन आग्रह गरेको भएपनि अझै अधिकांश नगरपालिकाले त्यसको कार्यान्वयन नगरेको हो ।
मण्डनदेउपुर नगरपालिकामा क्वारेन्टिन बाहेक अहिलेसम्म आईसोलेन श्य्या निर्माण नगरेको स्वास्थ्य शाखा संयोजक शुशिला कठायतले जानकारी दिनुभयो । “नगरभित्र आईसोलेसन वेड निर्माण गरेका छैंनौ ।” उहाँले भन्नुभयो, “हामीकहाँ क्वारेन्टिन मात्रै निर्माण भएको छ ।” धुलिखेल नगरपालिकाले पनि आफ्नै आईसोलेसन श्य्या निर्माण गरेको छैन । नगरपालिका स्वास्थ्य शाखा संयोजक सन्दिप केसीका अनुसार जिल्लाकै ठूलो क्वारेन्टिन निर्माण गरेको र धुलिखेल अपस्तालसंग समन्वय गरेर काम गरिरहेको कारण नगरपालिकाले छुट्टै आईसोलेसन बनाउन बाँकी रहेको बताउनुभयो । अस्पतालसंगको समन्वय र क्वारेन्टिन पनि भएकाले आवश्यक परेको खण्डमा क्वारेन्टिनलाई आईसोलेसन बनाएर प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।
बनेपा नगरपालिकाले भने ४० श्य्या को आईसोलेसन तयारी गरेको छ । नगर स्वास्थ्य शाखा संयोजक सत्यश्वर मकै श्रेष्ठका अनुसार नेपाल बनेपा पोलिटेक्निकको हलमा ४० वेडको आईसोलेसन तयारी अवस्थामा रहेको र ५० श्य्या पु¥याउने लक्ष्यमा नगरपालिका रहेको छ ।पाँचखाल नगरपालिकाले अहिलेसम्ममा छ श्य्या को मात्रै आईसोलेशन बनाएको स्वास्थ्य संयोजक उज्ज्वल अधिकारीले बतउनुभयो । पाँचखाल ४ मा रहेको पुरानो समाजकल्याण प्राविको भवनमा छ श्य्या को आईसोलेसन निर्माण गरेकोमा अहिले एक जना उपचाररत रहेको उहाँले बताउनुभयो ।
पनौती नगरपालिकामा पनि अहिलेसम्ममा छ श्य्या मात्रै आईसोलेशन तयारी अवस्थामा रहेको छ । नगर स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनाका अनुसार खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा छ श्य्या को आईसोलेसन निर्माण गरेको हो । श्य्या हरु तयारी अवस्थामा रहेको र क्वारेन्टिन पनि रित्तिदै गएको कारण आवश्यक परेको अवस्थामा श्य्या संख्या थप गर्न सकिने उहाँले बताउनुभयो । पनौती नगरपालिकामा पनौती, खोपासी र कुशादेवीमा गरी ७० श्य्या को क्वारेन्टिन रहेकोमा त्यसलाई प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।
उता नमोबुद्ध नगरपालिकामा पनि ६ वटा मात्रै आईसोलेसन श्य्या तयारी अवस्थामा रहेको छ । नगर स्वास्थ्य संयोजक राजु बोगटीका अनुसार जनक माविमा बनाएको आइसोलेसन कक्षमा बाँकी ४ श्य्या को लागि सामान तयारी भएपनि आवश्यकताको आधारमा थप्न सकिने गरी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

पाँच दिनको लागि सिल

शनिवार बनेपा नगरपालिका वडा नं. १३ भैंसेपाटीमा रहेको स्पाईनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत विरामीहरु गरी एकै पटक २३ जनामा कोरोना सङक्रमण पुष्टि भएपछि कोभिड–१९ जिल्ला सङकटन व्यवस्थापन केन्द्र जिल्ला कमाण्ड पोष्टले सो क्षेत्र सिल गरेको छ । अस्पताल क्षेत्रमा थप सङ्क्रमण फैलन नदिन आईतवार जिल्ला कमाण्ड पोष्टले गरेको निर्णय अनुरुप अस्पताल क्षेत्र लगायत साविक नासिकास्थान गाविसको वडा नं. १ को सम्पूर्ण क्षेत्र तत्काल सिल गरिएको हो ।
बनेपा नगरपालिका वडा नं. १३ वडा कार्यालयले अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरेको थियो । वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले सूचना जारी गर्दै सो क्षेत्र पाँच दिनको लागि सिल गरेकोे जनाएको हो । थप सङक्रमण फैलिन नदिन वडाले पूर्वमा पञ्चकन्या विष्ट टोल हुँदै स्यालगैरासम्म, पश्चिममा विकटेश्वर ईङ्गलिस बोर्डिङ स्कूलपश्चिम रहेको खोला, उत्तरमा बासुकी सामुदायिक वन र दक्षिणमा अरनिको राजमार्गसंगै जोडिएको स्पाईनल सडक क्षेत्रभित्रमा शिल गरिएको उहाँले जानकारी दिनुभयो । कमाण्ड पोष्टका अनुसार अस्पतालका १५ जना कर्मचारी र अस्पतालमा उपचाररत ८ जना विरामी गरी २३ जना सङक्रण पुष्टि भएको थियो । उहाँहरुमध्ये २० स्पाईनल ईन्जुरी अस्पतालमा, दुई होम आईसोलेसनमा र एक छाउनी अस्पतालमा उपचार भईरहेको कमाण्ड पोष्टले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित