FLASH NEWS
  • Loading...

जर्मनले नेपाललाई १० मिलियन युरो अनुदान दिने

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ९५ पटक पढिएको
जर्मनले नेपाललाई १० मिलियन युरो अनुदान दिने


काठमाडौं । जर्मनले नेपाललाई १० मिलियन युरो अनुदान दिने भएको छ । जर्मनले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि उल्लेखित रकम अनुदान दिन लागेको छ ।

अनुदानको लागि अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको छ ।

अनुदानबाट नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्ने नेपाल सरकारको लक्ष्य छ ।

अर्थ मन्त्रालयका अनुसार अनुदान रकम नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ । ‘आजको सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको छ र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको छ,’ नेपालका लागि जर्मनीका राजदूत सेइफेरले भन्नु भएको छ ।

उहाँका अनुसार आर्थिक वृद्धिका लागि ऊर्जा एक महत्वपूर्ण तत्व हो तर ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिरहेको छ । यो विश्वव्यापी चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित